धादिङमा जिप दुर्घटनाः ७ घाइते

होमल्याण्ड खबर

२०७६ पुष १५ गते, मंगलवार १४:५९ मा प्रकाशित

त्रिपुरासुन्दरी गाउँपालिका–७ जलजले भञ्ज्याङमा आज मध्यान्ह १२ बजे जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

बोराङबाट धादिङबेसी तर्फ आउँदै गरेको ग १ ज ६७५० नम्बरको जिप आफैं अनियन्त्रित भई दुर्घटना हुँदा ७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी घाइते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल धादिङबेसी पठाइएको छ ।

दुर्घटनामा संलग्न जिप चालक फरार रहेकाले खोजी भैरहेको प्रहरी चौकी सल्यानकोट धादिङले जनाएको छ ।