आज काठमाडौंका यी रुटमा गाडी चलाउन पाइदैन

होमल्याण्ड खबर

२०७६ पुष १६ गते, बुधबार १०:४५ मा प्रकाशित

बुधबार ‘नेपाल भ्रमण वर्ष २०२०’ को पहिलो दिन । ‘नेपाल भ्रमण वर्ष २०२०’ काठमाडाैं दशरथ रंगशालाबाट भव्य उद्घाटनको तयारीमा छ।

दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उदघाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन्।

उद्घाटन अघि विभिन्न स्थानबाट र्‍याली निकालेर रंगशाला सम्म जाने  भएको हुनाले थापाथली, त्रीपुरेश्वर, कालिमाटी, शहिद गेट, जमल, केशरमहल क्षेत्रमा अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी नचलाउन ट्राफिक प्रहरीले विशेष आग्रह गरेको छ। साथै त्यसका लागि बैकल्पिक रुट प्रयोग गर्न पनि भनेको छ । त्यस्तै सबै सर्वसाधारणको लागि टुँडिखेलमा पार्किङको व्यवस्था समेत गरेको छ ।