५ चैत्र २०८२, बिहीबार
बाजुराको हिमाली गाउँपालिका–७ मा जीप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा ४ जना घाइते र एक यात्रु वेपत्ता भएका छन् ।
धुलाचोरबाट कोल्टी जाँदै गरेको से १ ज १०६४ नम्बरको जीप कर्णाली नदीमा खस्दा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।


मृतकमध्ये चालक रमेश शाहीको मात्र सनाखत भएको प्रहरीले जनाएको छ ।
बेपत्ताको खोजी भइरहेको र घाइतेहरुलाई उद्धार गरी स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको छ ।
दुर्घटनाको कारण खुलेको छैन् ।