लागातार तीन दिन वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

होमल्याण्ड खबर

२०७६ पुष १८ गते, शुक्रबार ११:१४ मा प्रकाशित

 

शुक्रबारबाट तीन दिन वर्षा र हिमपातको सम्भावना रहेको छ। नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको चिसो बढ्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा अहिले देशभरी नै सामान्य बदली भइरहेको छ। बिहीबार दिउँसो काठमाडौं उपत्यकाका केही स्थानमा सामान्य वर्षासमेत भएको थियो।

शुक्रबार बिहान ६ बजे महाशाखाले जारी गरेको बुलेटिनमा मौसम बदली सँगै वर्षारहिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न सतर्कता अपनाउन अनुरोध गरिएको छ।

शुक्रबार देशभर सामान्य बदली भई उच्च पहाडी तथा हिमाली भू(भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात र पहाडका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। आइतबार देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भाग केहि स्थानहरुमा हल्का हिमपात र पहाडका एकरदुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम विभागका अनुसार बिहीबार जुम्लामा सबैभन्दा कम जुम्लामा माइनस २.६, जोमसोम -१.५, काठमाडौंमा ४.५ न्युनतम तापक्रम मापन गरिएको छ।

तराईका जिल्लामा पनि चिसो बढेको छ। चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शितलहरले जनजीवन कष्टकर बन्दै गएको छ। बिहानको समयमा तराईमा हुस्सुरकुहिरो लाग्ने र हिमपात पर्ने स्थानमा चिसोको असर पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।