आजदेखि मौसममा सुधार आउने

होमल्याण्ड खबर

२०७६ पुष २० गते, आईतवार १०:११ मा प्रकाशित

आजदेखि मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केहिदिन अघिदेखि लगातार देशका अधिकांश भागमा पानी परेको र आजबाट भने मौसमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ ।

शुक्रबार र शनिबार मुलुकका धेरै भागमा वर्षा भयो भने उच्च पहाडी र हिमाली भागमा भारी हिमपात भएको छ ।

वर्षा भएसंगै चिसो बढेपछि देशभरको जनजिवन प्रभावित भएको छ ।