नेपाल र चीनका गृहमन्त्रीबीच भेटवार्ता

होमल्याण्ड खबर

२०७६ पुष २२ गते, मंगलवार १३:११ मा प्रकाशित

चीन भ्रमणमा रहेका गृहमन्त्री रामबहादुर थापा बादल र चीनका सुरक्षामन्त्री चाओ खचीबीच भेटवार्ता भएको छ ।

गृहमन्त्री थापा र खचीबीच दुई देशको सीमा सरक्षा र दिपक्षीय सम्बन्धकाबारेमा छलफल भएको बताइएको छ । भेटवार्तामा दुई देशबीचका आपराधिक गतिविधीलाई निस्तेज पार्न पनि सहकार्य गरेर अगाडि बढ्ने विषयमा छलफल भएको छ ।

दुई देशले चीनमा अपराध गरेर नेपालमा लुक्ने, नेपालमा बसेर दुवै देशको सुरक्षामा खलल पुर्‍याउने विरुद्ध सहकार्य गर्ने भएका हुन्। उनीहरूबीच चीनविरोधी गतिविधि हुन नदिने तथा दुई देशबीचको सीमा सुरक्षा सबल बनाउने विषयमा पनि छलफल भएको थियो।

चिनियाँ पक्षले तिब्बत, हङकङ र सिनच्याङ चीनको आन्तरिक मामिला भएको र यस सम्बन्धमा अरू देशले हस्तक्षेप गर्नु आवश्यक नभएको प्रस्ट पारेको थियो।

मन्त्री थापाले नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाएका छन्। गत असोजमा राष्ट्रपति सी चिनिफिङको भ्रमणका क्रममा कानुनी सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो।

यही आधारमा सुर्पुदगी सन्धि पनि हुन सक्ने अनुमान छ।