आजदेखि माैसममा क्रमिक सुधार, साेमबारसम्म माैसम सफा

होमल्याण्ड खबर

२०७६ पुष २५ गते, शुक्रबार १०:२० मा प्रकाशित

केहि दिनदेखि लागातार पानी तथा हिमपाल परे पनि आजदेखि माैसममा क्रमिक सुधार आउने भएकाे छ ।

केही दिनदेखि पश्चिमी वायुको प्रभावले मौसम बदली भएर कतै पानी र कतै हिउँ परे पनि आजदेखि मौसम सुधार हुने मौसमविद्ले बताएका छन् ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार शनिबारदेखि सोमबारसम्म देशभरको मौसम सफा रहने छ । अहिले काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा लागेको कुहिरो बिस्तारै हट्दै जाने जानेछ । कुहिरो हटे पनि देशको मध्य र पूर्वका आकाशमा भने आंशिकरुपमा बादल लाग्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले बताइन् ।

तर बेलुकाको समयमा भने मध्य र पूर्वी पहाडी भेगका केही ठाउँमा सामान्य पानी पर्ने सम्भावना छ । काठमाडौ उपत्यकाको शुक्रबार बिहान पौने ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

चिसोका बेला शरीरलाई न्यानो बनाइ राख्न तथा तातो झोलिलो खानेकुरा धेरै खान डाक्टरको सुझाव छ ।