८ मंसिर २०८१, शनिबार
आफ्नै घरेलु मैद्यानमा दिल्ली ड्यर डेभिल्स पराजित भएको छ । आइपिएल अन्तर्गत गयराति भएको खेलमा सजिलो खेलमा दिल्ली किँथ्स इलाभेन पञ्जाबसंग ४ रनको झिनो अन्तरले विजयी भएको हो । अन्तिम ओभरको अन्तिम बलसम्म निकै रोमाञ्चक बनेको खेलमा अन्तिम बलमा ५ रन चाहिएको अवस्थामा मात्र १ रन जोड्दा दिल्ली पराजित हुन पुग्यो । दिल्लीको यो लगातार ४ हार हो ।
पञ्जावले प्रस्तुत गरेको १४४ रनको लक्ष्य पछ्याएको दिल्लीले ८ विकेटको क्षतिमा १३९ रन बनायो । दिल्लीका लागि श्रयश आयुयरले ५७, राहुल तेवटिआले २४ तथा पृथ्वी शावले २२ रन बनाए पनि हार टार्न सकेनन् । आयुयरले ४५ बलमा पाँच चौका र एक छक्काको सहयोगमा ५७ रन बनाएका थिए । यसअघि पहिले ब्याटिङ्ग गरेको पञ्जावले ८ विकेटको क्षतिमा १४३ रन बनायो । उसका लागि करुण नायरले ३२ बलमा ३४, केएल राहुलले १५ बलमा २३, डिए मिलरले १९ बलमा २६, तथा मयंक अग्रवालले १६ बलमा २१ रन बनाए ।
यो पञ्जावको जारी ११ औँ संस्करणको आइपिएलमा ६ खेलमा पाँचौँ जित हो । शीर्ष स्थानको पञ्जावको १० अंक भएको छ । नेपालका सन्दिप लामिछाने पनि अनुबन्धित रहेको दिल्लीको भने यो ६ खेलमा पाँचौँ हार हो । लामिछानेले अहिलेसम्म खेल्न पाएका छैनन् । हिजोको खेलमा २ विकेट लिएर २३ रन बनाएका पञ्जावका अंकित राजपुत म्यान अफ दि म्याच घोषित भए ।