दिलिप हत्यामा नयाँ रहस्य : रडले घोचेर घाइते बनाएपछि शरीरमाथि टिपर चलाइयो

होमल्याण्ड खबर

२०७६ पुष २७ गते, आईतवार १३:५० मा प्रकाशित

जिल्ला प्रहरी कार्यालय धनुषाले दिलिप महतोको हत्या आरोपमा ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा त्यही खोलामा सञ्चालनमा रहेको चुरियामाई बालुवा प्रशोधन केन्द्रका सँचालक वर्ष २७ का विपिन कुमार महतो, ट्रिपर चालक महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा नं ९ बस्ने वर्ष ३४ का मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक बर्दिवास नगरपालिका वडा नं २ बस्ने बर्ष २४ का जितेन्द्र कुमार महतो र मिथिला नगरपालिका वडा नं २ बस्ने बर्ष २७ का रोशन कुमार यादवलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

चार जनालाई पक्राउसंगै दिलिपको हत्याको थप नयाँ रहस्य खुलेकोसमेत प्रहरीले जनाएको छ । दिलिपलाई पहिला फलामको रडले कोखामा घोचेर घाइते बनाई बल्ल उनिमाथि टिपर चलाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मिथिला नगरपालिका वडा नम्बर ५ बस्ने दिलिपले खोलामा भइरहेको अवैध गिट्टी बालुवा उत्खन्नको विरोध गर्दै आइरहेका थिए । उनको शुक्रबार बिहान हत्या भएको थियो ।