ससुराली गएका दम्पतीले दुई बच्चासहित त्रिशुलीमा हाम फाले, श्रीमानको मात्रै उद्धार

होमल्याण्ड खबर

२०७६ माघ ३ गते, शुक्रबार ११:५७ मा प्रकाशित

धादिङमा दुई सन्तानसहित एक दम्पतीले त्रिशुली नदीमा हाम फालेका छन् । बेनीघाट रोराङ गाउँपालिकाको बाँदरेको झोलुङ्गे पुलबाट हामफालेका चारजना मध्ये श्रीमतीको शव फेला परेको छ ।

दुई बच्चा बेपत्ता भएका छन् भने श्रीमानको उद्धार गरिएको छ । चन्द्रागिरी नगरपालिका ५ थानकोट घर भइ गजुरी गाउँपालिकाको आदमघाट ससुराली आएका ३५ वर्षीय विनय लामिछाने र उनकी श्रीमती ३० वर्षीया जमुना रेग्मीले दुई बच्चासहित त्रिशूलीमा हाम फालेका प्रहरीले जनाएको छ ।

जमुनाको शव पुलनजिकै फेला परेको र दुई बालकहरुको खोजी भइरहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।