पश्चिमका उच्‍च पहाडी र हिमाली क्षेत्रमा आज पनि हिमपातको सम्भावना

होमल्याण्ड खबर

२०७६ माघ ७ गते, मंगलवार १०:२२ मा प्रकाशित

पश्चिमी वायु सक्रिय हुँदा आज पनि देशको पश्चिमी भेगका पहाडी र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यका र मध्य तथा पूर्वी भेगको मौसम आंशिकदेखि सामान्य बदली रहने तथा पश्चिमी भेगका एक वा दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति भने देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने र पूर्वका केही उच्च स्थानमा हिमपात हुने पूर्वानुमान गरिएको छ ।

आज बिहान काठमाडौं उपत्यकाको न्यनुतम तापक्रम २ दशमलब ८ डिग्री सेल्सियस मापन गरिएको छ ।