मोबाईलको लत हटाउन गुगलले ल्यायो तीनवटा एप

होमल्याण्ड खबर

२०७६ माघ ९ गते, बिहीबार ११:३७ मा प्रकाशित

एजेन्सी। यदि तपाई अत्यधिक माेवाइल चलाउने आदतबाट  छुटकारा पाउन चाहनु हुन्छ ? यदी त्यसो हो भने गुगलले माेवाइलकाे लत हटाउने तीनवटा नयाँ एपहरु विकास गरिदिएको छ। सामान्यतया हामीले देख्ने गरेका एपहरुले सो एप प्रयोगकर्ताले धेरै भन्दा धेरै समय चलाउन् भन्ने चाहन्छन् तर गुगलले त्यसको विपरीत फोन प्रयोगको समय कटौती गराउने तीनवटा एप प्लेस्टोरमा राखीदिएको छ।

यसबाट हामीलाई कम्प्युटर खेलहरू, सोशल मिडिया, संगीत आदिमा भुल्ने र लामोसमय मोबाइल प्रयोग गर्ने आदतबाट  छुटकारा मिल्न  सक्छ।

यी एपहरूमा ‘एक्टिभिटी बबल्स’, ‘एन्वेलोप’ र ‘स्क्रीन स्टपवाच’ रहेका छन्।यी एपहरु गुगल प्ले स्टोरमा नि: शुल्क उपलब्ध छन्।  यी एन्ड्रोइड एपहरूको प्रयोग गर्न थालेपछी  तपाईलाई आफुले मोबाइलमा खर्च भएको समयप्रति पछुतो हुनेछ।