६ चैत्र २०८२, शुक्रबार
कमलामाई नगरपालिका–२ भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा आज बिहान यात्रुवाहक माईक्रोबस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य २० जना घाइते भएका छन् ।
मृत्यु हुनेमा माइक्रोबसका चालक काठमाडौं महानगरपालिका–११ काँडाघारीका मोहन महर्जन रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


झापाबाट काठमाडौं जादैं गरेको बा ४ ख ६९६ नम्बरको माइक्रोबस ढुंग्रेभञ्याङस्थित भद्रकाली मन्दिर नजिकै दुर्घटना हुँदा महर्जनको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका २० जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ ।
बाक्लो हुस्सु र तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
माइक्रोबस सडकबाट करिव ४० मिटर तल खसेको प्रहरीले जनाएको छ ।