६ चैत्र २०८२, शुक्रबार
भैरहवा–भुमही सडकमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् ।
आज बिहान भूमहिदेखि भैरहवातर्फ जाँदै गरेको ना २ ख ८४८१ नम्बरको ट्रक र वेलहीयादेखि भूमहीतर्फ आउँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो ।


दुर्घटनामा मृत्यु भएको सनाखत भएको छैन । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ भने अन्य ५ जना सामान्य घाइते भएका छन् ।
घाइतेलाई भैरहवास्थित भिम अस्पताल र भैरहवा मेडिकल कलेज रानीगाउँ पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी निरिक्षक केशव ज्ञवालीले जानकारी दिए ।