६ चैत्र २०८२, शुक्रबार
नयाँ सभामुख निर्वाचित मंगलबार पहिलोपटक बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई आफ्नो तथा सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् ।
ओलीले नवनिर्वाचित सभामुख सापकोटालाई सभा सञ्चालनका लागि आफ्ना तर्फबाट पूर्ण सहयोग रहने बताएका हुन् । नवनिर्वाचित सभामुख सापकोटालाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने, ‘यहाँले संविधानको रक्षा गर्न र संविधानको मर्मअनुसार बैठक सञ्चालन गर्नुहुने हाम्रो अपेक्षा छ, सभा सञ्चालका लागि पूर्ण सहयोग, सकारात्मक सहयोग रहने छ ।’

