५ बर्षभित्र निजगढ विमानस्थल बनिसक्छ : मन्त्री भट्टराई

होमल्याण्ड खबर

२०७६ माघ २२ गते, बुधबार १४:३६ मा प्रकाशित

५ बर्षभित्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्नेगरी सरकार अघि बढेको पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार काठमाडौंमा गरेको एउटा कार्यक्रममा मन्त्री भट्टराईले आगामी ५ बर्षभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता बृद्धि गर्नुका साथै भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आइसक्ने जानकारी दिए ।

सरकारले हवाई पूर्वाधारमा दृढताका साथ तिव्र गतिमा काम गरेको बताउँदै मन्त्री भट्टराईले बर्षेनी करोड पर्यटक नेपाल भित्रिने पनि दाबी गरेका छन् ।