६ चैत्र २०८२, शुक्रबार
नेपाल टेलिकमको बिनियमावलीको विरोधमा उत्रिएका कर्मचारीलाई तह लगाउने सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले चेतावनी दिएका छन् ।
बुधबार टेलिकमको १६ औं बार्षिकोत्सवको औपचारिक कार्यक्रममा पनि कर्मचारीले विरोधसाथ उपस्थित भएपछि मन्त्री बास्कोटाले आन्दोलन गर्नेसँग हिसाबकिताब लिइने बताए ।


संस्थाभित्र राजनीतिक नगर्नका लागि सुझाव दिएका बास्कोटाले त्यसो गर्ने भए पार्टी कार्यालयमा जान भनेका छन् । ‘संस्थाभित्र राजनीति चल्दैन, राजनीति गर्ने भए पार्टी कार्यालय जानुहोस्’, उनले भने ।
संस्थामा राजनीतिका लागि राजनीति गर्ने कामलाई परास्त गर्ने बताएका उनले भने,‘यो विनाशकारी सोच हो, आमाको जन्मोत्सवमा शंख फुक्ने काम नगर्नुहोस् ।’