१० मंसिर २०८१, सोमबार
आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत अफ्नो महत्वपूर्ण चौथो विकेट पनि गुमाएको छ ।
नेपालले चौथो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको छ ।
कप्तान मल्ललाई ओमानका बलर आकिब आलियासले महोम्मद नादिमको हातबाट क्याच आउट गराए । कप्तान मल्लले ६ वटा चौका तथा १ वटा छक्का प्रहार गर्दै नेपालका लागि ५६ रनको योगदान दिए ।
पहिलो विकेटमा रुपमा सुवास खकुरेललाई गुमाएको नेपालले दोस्रो विकेटका रुपमा पारस खड्का र तेस्रो विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमायो ।
ओपनर सुवास खकुरेल आउट भएपछि क्रिजमा आएका पारशले ३४ बलमा ६ चौका र १ वटा छक्का प्रहार गर्दै ३८ रन बनाए । उपकत्पान ऐरी भने शुन्य रनमै आउट भए ।
ताजा अवस्थामा नेपालले २९.५ ओभर खेल्दै ४ विकेटको क्षतिमा १ सय ३७ रनको मध्यम स्कोर खडा गरेको छ ।