६ चैत्र २०८२, शुक्रबार
पूर्व सचिव अर्जुन कार्कीको घरमा कामदार मृत फेला परेका छन् भने श्रीमती गम्भिर घाइते अवस्थामा फेला परेका छिन् ।
सोमबार बिहान ललितपुरको सानेपास्थित आफ्नै निवासमा पत्नी मुना कार्कीलाई अचेत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घरमा काम गर्ने विजय चौधरी डाइनिङ रुममा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।


भान्छा कोठामा फेला परेकी कार्कीको टाउकोमा गम्भीर चोट लागेको छ। उनलाई बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि ललितपुरस्थित स्टार हस्पिटलमा लगिएको छ ।
प्रहरीले मुचुल्का उठाएर थप अनुसन्धान गरिरहेको छ ।