ललितपुरको सानेपा चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

होमल्याण्ड खबर

२०७६ माघ २९ गते, बुधबार १२:०८ मा प्रकाशित

ललितपुरको सानेपा चोकमा आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौंको थानकोटका ३० वर्षीय सुवास थापा मगर रहेका प्रहरीले जनाएको छ ।

ना २ ख ९६९२ नम्बरको ट्रकले बा ४४ प ५००९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा सानेपा स्थित स्टार अस्पतालमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक सहित ट्रक–चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।