१० मंसिर २०८१, सोमबार
पहिले कोरिया गएर काम गरेका ३ हजारलाई फेरि कोरिया लगिने भएको छ । कोरिया गएर घर फर्के पनि यदि उनीहरुले कोरिया राम्रो काम गरेको भएमा अब ३ हजारलार्य कोरिया लगिने छ । तीन हजारको नाम पठाएपछि पुनः परीक्षाका आधारमा पठाउन लागिएको इपिएस भाषा परीक्षाका निर्देशक कृष्णप्रसाद खनालले बताउनुभयो ।
उनीहरुको लागि परीक्षा यही वैशाख १७ गतेदेखि नै लिने निर्णय गरेका भए पनि बिदा परेका कारण वैशाख १९ गतेदेखि मात्र लिन लागेको उहाँले बताउनु भयो । परीक्षामा लगभग तीन हजार २०० जना सहभागी छन् ।लगभग ५० प्रतिशत पास गरी लैजाने कोरियाको लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।
परीक्षा इपिएस कोरियाको नेपाली शाखा, ग्वार्कोमा हुनेछ । परीक्षा एकपटकमा २८ जना गरी दिनको चारपटक लिइनेछ ।