८ मंसिर २०८१, शनिबार
बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएको नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसहित १७२ जनाविरुद्व ठगी तथा किर्ते मुद्वा चलाउन गृह मन्त्रालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरा सीआईबीमा जाहेरी दिएको छ ।
गृह मन्त्रालयले अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणका आधारमा आरोपितमाथि सरकारी जग्गा किर्ते कागजात बनाएर ठगी गरेको कसुरमा मुद्दा चलाउन मंगलबार सीआईबीमा जाहेरी दिएको हो ।
गृहको जाहेरीसँगै सीआईबीको छानबिनमा कसुरदार देखाइएका पूर्वमन्त्री, पूर्वसचिव, अन्य कर्मचारी, भूमाफियालगायतलाई पक्राउ गरेर अनुसन्धान थाल्न बाटो खुलेको छ ।
जाहेरीअनुसार आरोपितहरू दोषी ठहरिए १० वर्षसम्म कैद, हिनामिना भएको सम्पत्ति जफत, त्यहीबमोजिम बिगो खुले बिगो बराबर जरिवाना हुन सक्ने व्यवस्था रहेको छ ।