वुहानबाट ल्याइएका सबै सुरक्षित

होमल्याण्ड खबर

२०७६ फाल्गुन ७ गते, बुधबार १३:३८ मा प्रकाशित

चीनको वुहानबाट उद्दार गरिएका सबै १७५ जनामा कोराना भाइरसको संक्रमण नभएको पाइएको छ । उनीहरुलाई आइतबार बिहान काठमाडौं ल्याइएको थियो । र, स्वास्थ्य जाँच गरिएको थियो ।

त्यसको रिपोर्ट नेगेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उनीहरुलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । मन्त्रालयकाअनुसार क्वारेन्टाइनमा राखेको १४ दिनमा फेरि स्वास्थ्य जाँच गरिनेछ ।