८ मंसिर २०८१, शनिबार
स्पेनिस क्लब रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । जर्मन क्लब बायर्न म्युनिकलाई समग्रमा ४–३ गोलले हराउँदै मड्रिड लगातार तेस्रो पटक फाइनलमा पुगेको हो ।
पहिलो लेगमा २–१ को जित हात पारेको रियल मड्रिड दोस्रो लेगमा २–२ को बराबरीमा रोकियो । सान्टियागो बर्नाबाउमा भएको प्रतिष्पर्धात्मक दोस्रो लेगमा रियलका लागि करिम बन्जेमाले दुई गोल गरे । फाइनलमा पुग्नका लागि जित आवस्यक रहेको बायर्नले तेस्रो मिनेटमा जोसुवा किम्मिचको गोलमार्फत खेल समग्रमा २–२ को बराबरीमा पु¥याएको थियो ।
एघारौं मिनेटमा करिम बेन्जेमाले हेडमार्फत बललाई जाली चुमाए । पहिलो हाफमा खेल १–१ गोलको बराबरीमा सकियो । दोस्रो हाफको सुरुवातमा नै रियलले अग्रता लियो । बायर्नका गोलकिपर स्भेन उल्रिचको गल्तिको फाइदा उठाउँदै बेन्जेमाले ब्यक्तिगत दोस्रो गोल गर्दै रियललाई अग्रता दिलाए ।
६३ औं मिनेटमा जेम्स रोद्रिगेजले बायर्नका लागि गोल गर्दै खेल बराबरीमा पु¥याए । रियलबाट लोनमा बायर्न गएका रोद्रिगेजको गोलपछि पनि बायर्नले खेलमा फर्किने प्रयास गरेका थियो । कोरोटिन टोलिस्सो र थोमस मुलरको प्रहार रियल मड्रिडका गोलकिपर केलर नभासले बचाएका थिए भने म्याट ह्युलम्सको हेडर पोस्टको नजिकैबाट बाहिरियो ।
रियल मड्रिडले उपाधिका लागि आज राती हुने लिभरपुल र रोमावीचको विजेतासँग खेल्नेछ । आज राती इंग्लिस क्लब लिभरपुल रोमाको मैदानमा खेल्दैछ । पहिलो लेगमा लिभरपुलले रोमालाई ५–२ ले हराएको थियो ।