९ मंसिर २०८१, आईतवार
काठमाडौंको वसन्तपुरमा चीर ठड्याइएसँगै आजबाट औपचारिक रुपमा रंगहरुको पर्व होली सुरु भएको छ ।
काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा आज बिहान रंगीविरंगी कपडाहरुको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएपछि होली सुरु भएको हो ।
आज बिहान ७ बजेर ५७ मिनेटको साइतमा विधिपूर्वक चीर ठड्याइएको हो ।
वसन्तपुरस्थित हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिकासिक मोहनकाजी चोक तथादाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने रंगीविरङ्गी होली चीर ठड्याइएको छ ।
चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औंपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ।
आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वलाई वसन्त ऋतुको आगमनको खुसीयालीका रुपमा लिने गरिएको छ ।
यस वर्ष काठमाडौंलगायत पहाडी जिल्लाहरुमा फागुन २६ गते र तराई मधेसका जिल्लाहरुमा फागुन २७ गते होली पर्व परेको छ ।
रंगीचंगी कपडाहरु बाँधिएको तीन तले चीर फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिन्छ ।