११ जेष्ठ २०८३, सोमबार
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो दोस्रो पटक मृगौला प्रत्यारोण गराउन सोमबार अस्पताल भर्ना भएका छन् ।
यसैबीच,प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवती शक्तिपीठमा सोमबारदेखि २४ घण्टे अखण्ड दीप प्रज्वलन तथा धार्मिक अनुष्ठान सुरु गरिएको छ।


नागरिक सञ्चाल सप्तरीले पहल गरेर शक्तिपीठमा २४ घण्टे अखण्ड दीप प्रज्वलन तथा धार्मिक अनुष्ठान सुरु गराएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मिर्गौला प्रत्यारोपन सफलतापूर्वक होस् तथा उहाँको अति शीघ्र स्वास्थ्यलाभको कामनासहित दुई दिने अखण्ड दिप प्रज्जवलन तथा धार्मिक अनुष्ठान सुरु गराएको हो हो ।
धार्मिक अनुष्ठानमा एक दर्जनभन्दा बढी साधुसन्तको उपस्थिति रहेको छ ।