बजारका मास्क संकलन गर्दै स्वास्थ्य मन्त्रालय, पहिलो दिन २५ हजार जम्मा

होमल्याण्ड खबर

२०७६ फाल्गुन २० गते, मंगलवार १६:४२ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजारबाट संकलन गरि मास्कको भण्डारण शुरु गरेको छ । औषधी व्यवस्था विभागसँगकाे समन्वयमा मन्त्रालयले मास्क संकलन गरि भण्डारण शुर गरेको हो ।

मन्त्रलायले पहिलो दिन २५ हजार मास्क संकलन गरेको प्रवक्ता विकास देवकोटाले बताए ।संसारभरमा कोरोनाको संक्रमण बढेसँगै मास्कको अभाव महसुस भएपछि मन्त्रालयले मास्क भण्डारण सुरु गरेको उनले बताए ।

नेपालमा मास्क उत्पादन गर्न ३ वटा कम्पनि रहेको छ । नेपाल आफ्नै भने मास्क उत्पादन गर्न क्षमता एकदमै न्युन छ अझ त्यसमाथि मास्क बन्ने कच्चा पदार्थ पनि बाहिरबाट आउने भएकोले मास्क उत्पादन झनै कम भएको र बजारमा नदेखिएको देवकोटाले बताए ।

नेपालमा सबैभन्दा धेरै मास्क चीनबाट आउने मास्क व्यापारी रमा भण्डारी बताउँछिन् । उनी भन्छिन्, ‘मास्कको व्यापार नै ठप्प भएको छ । चीनबाट नेपालले सबैभन्दा धेरै मास्क आयत गर्दछ । भारतबाट पनि नेपालले मास्क आयत गर्दछ तर त्यहाँ पनि चीनबाट नै आयत हुने भएकोले सबैतर्फ नै समस्या नै छ । अझ भारतमा त १६ भारुमा बिक्रि भईरहेको छ अहिले ।

काेरेानाका कारण बजारमा मास्कको अभाव प्रत्यक्ष रुपमा देखिएको छ । पाए पनि निकै कमले १० रुपैंयामा र धेरैले ३५ देखि ५० रुपैंयासम्म लिन गरेका छन् । मास्कको कालोबजारी गरेको पाईएमा कारबाही हुने तर के कारबाही गर्न भन्ने अहिलेसम्म तय नभएको देवकोटाले बताए ।