अर्थमन्त्री डा.खतिवडाको राजिनामा राष्ट्रपतिद्वारा स्वीकृत

होमल्याण्ड खबर

२०७६ फाल्गुन २१ गते, बुधबार १०:२५ मा प्रकाशित

अर्थमन्त्री डा.युवराज खतिवडाले दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भएको छ ।

सञ्चारमन्त्रीको समेत भूमिकामा रहेका अर्थमन्त्री खतिवडाले मंगलबार उक्त पदबाट राजीनामा दिएका हुन् ।

राष्ट्रियसभा सदस्यमा दुई वर्षे कार्यकाल पूरा भई मंगलबार खतिवडाको पदावधि सकिएसँगै उनले राजीनामा दिएका थिए । उनको राजीनामापत्र राष्ट्रपति कार्यालय पुगिसकेको उच्च स्रोतले जानकारी दिएको छ ।

खतिवडाले सम्हाल्दै आएका अर्थ र सञ्चार सूचना प्रविधि मन्त्रालयको कार्यभार प्रधानमन्त्री केपी शर्माओलीले सम्हाल्ने भएका छन् ।