प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफल

होमल्याण्ड खबर

२०७६ फाल्गुन २१ गते, बुधबार १५:२४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सफल भएको छ ।ओलीलाई आज बिहान १० बजे शल्यकक्षमा लगिएको थियो ।

उनको यो दोस्रो मृगौला प्रत्यारोपण हो । यसअघि उनको १२ वर्ष पहिले भारतमा मृगौला प्रत्यारोपण गरिएको थियो ।

यसै सहित ओलीको शरीरमा ४ वटा मृगौला भएको छ । पुराना मृगौला झिक्दा समस्या हुने र फेरी सर्जरी गर्नुपर्न हुनाले पुराना मृगौला शरीरमै राखिने चलन छ ।

प्रधानमन्त्रीको उपचार टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्राडा उत्तम शर्मा, प्राडा प्रेम ज्ञवाली, डा पवनराज चालिसे, डा सुमन चापागाईं, डा सुजित पौडेल, डा मनीष प्रधान, डा सुवाश आचार्य, डा अनिल श्रेष्ठ, डा दिव्या सिंह शाह, डा महेशराज सिग्देल, डा मकुन्द काफ्ले, डा रविन नेपाली लगायत । यसका साथै भारतीय डा अनन्त कुमारसमेत रहेका थिए ।

प्रधानमन्त्रीलाई उनको भान्जी पर्न एक महिलाले मृगौला दिएकी हुन् ।