प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

होमल्याण्ड खबर

२०७६ फाल्गुन २२ गते, बिहीबार ११:३७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीको अवस्थाबारे बुझ्न अस्पताल पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले चिकित्सकहरुलाई उद्धृत गर्दै अवस्था सुधार हुँदै गएको बताए ।

प्रधानमन्त्री ओलीले आज बिहान कालो चिया पिएको रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेपछि बुधबार ४ घण्टा लगाएर अर्को मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीको त्रिभुवन विश्वविद्याल शिक्षण अस्पतालमा बुधवार मिर्गौला प्रत्यारोपण गरिएको थियो ।