इसेवाबाट बीमाको प्रिमियम भुक्तानी गर्दा २५ हजारको मोबाईल पाइने

होमल्याण्ड खबर

२०७६ फाल्गुन २७ गते, मंगलवार १६:१५ मा प्रकाशित

जीवन बीमाको प्रिमियम अनलाइनबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ इसेवाले आकर्षक उपहार योजना सार्बजनिक गरेको छ । यस उपहार योजनामा कुनैपनि जीवन बीमाको प्रिमियम इसेवाबाट भुक्तानी गर्दा प्रतिकारोबार रू सय सम्म कमाउनुको साथै २५ हजार रूपैयाँ बराबरको मोबाईल जित्न सकिनेछ । योजना अन्तरगत एकमहिनामा २० देखि ४९ वटा बीमाका प्रिमियम भुक्तानी गर्नेले प्रतिकारोबार रू ५०, ५० देखि ९९ वटासम्म प्रिमियम भुक्तान गर्ने व्यक्तिले प्रतिकारोबार रू ७५ तथा सय वटा भन्दा माथि कारोबार गर्नेले प्रतिकारोबार रू सय रूपैयाँ इन्सेन्टिभ पाउनेछन् ।

यो योजना एजेन्ट नेटवर्क तथा व्यक्तिगत एकाउन्ट दुबैमा लागु हुने कम्पनीले जनाएको छ । १ मार्च २०२० देखि जुलाई ३१ सम्म यो योजना लागु हुनेछ । यस योजनाको इन्सेन्टिभ रकम हरेक महिना गणना हुने र आगामी महिनाको २ हप्ताभित्र ग्राहकको इसेवा खातामा उपलब्ध गराइने जनाइएको छ । पाँच महिनाको अवधिमा कोही पनि ग्राहकले ५ सयवटा लाइफ इन्स्योरेन्सको भुक्तानी गर्न सफल भएमा प्रतिकारोबार सय इन्सेन्टिभका साथै २५ हजार रूपैयाँ बराबरको मोबाईल समेत प्राप्त गर्न सक्नेछन् । पछिल्ला दिनमा अनलाइनबाट बीमाको प्रिमियम भुक्तानी गर्नेको संख्या बढ्दै गएकोमा यसलाई अझ प्रोत्साहन गर्न यो योजना सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।