कोटेश्वर-कलंकी सडकखण्डमा सवारीलाई नयाँ नियम

होमल्याण्ड खबर

२०७६ फाल्गुन २८ गते, बुधबार १२:४१ मा प्रकाशित

ट्राफिक प्रहरीले कोटेश्वर–कलंकी सडक खण्डमा गुड्‌ने सवारीसाधनलाई नयाँ नियम लागू गर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी आगमनलाई सहज बनाउँदै दुर्घटना न्यूनीकरणका लागि चैत २ गतेदेखि लागू गर्ने गरी नयाँ नियम ल्याउन लागेको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सार्वजनिक तथा मालबाहक कम गतिमा गुड्‌ने सवारीसाधनलाई सडकको बायाँ तथा निजी र साना तीव्र गतिमा गुड्‍ने सवारीसाधनलाई सडकको दायाँ गुड्‍ने गरी व्यवस्था गर्न लागेको जानकारी दिए ।

‘फराकिलो सडक र तीव्र गतिसँगै उक्त सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि उक्त नियम लागू गर्न लागेका हाैं,’उनले भने ।

महाशाखाले उक्त सडकखण्डलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग छलफल गरेको थियो। महाशाखाले यसभन्दा पहिले भक्तपुरको सूर्यविनायकदेखि कोटेश्वरसम्मयस्ताेनियम लागू गरिसकेको छ ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले कोटेश्वरदेखि कलंकीसम्मको १० किलोमिटर सडकमा मासिक ८० भन्दा बढी सवारी दुर्घटना हुने गरेको बताउँदै दुर्घटना न्यूनीकरणका लागि उक्त नियम लागू गर्न लागेकोबताए ।

महाशाखाले याे सडकखण्डकाे मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा तथा सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको दरले गति निर्धारण गरिसकेको छ ।