काठमाडौं उपत्यकासहित देशका बिभिन्न ठाउँमा अझै पानी पर्न सक्ने

होमल्याण्ड खबर

२०७५ बैशाख २० गते, बिहीबार १०:१० मा प्रकाशित

अझै केही दिन बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित देशका बिभिन्न ठाउँमा मौसम बदली भइ पानी पर्ने महाशाखाले जनाएको छ ।

पश्चिमी वायुसँगै भारतमा बनेको न्यूनचापीय क्षेत्र र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले अबका दुई तीन दिन धेरै ठाउँको मौसम बदली हुने र पानी पर्ने सम्भावना रहेको मौसमविद् विभूती पोख्रेलले जानकारी दिनु भयो ।