दिल्लीलाई हराउँदै हैदरावाद शीर्ष स्थानमा

होमल्याण्ड खबर

२०७५ बैशाख २३ गते, आईतवार ०५:१३ मा प्रकाशित

इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार भएका खेलमा सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स विजयी भएका छन् ।
हैदरावादले घरेलु मैदानमा दिल्ली डेयरडेभिल्सलाई ७ विकेटले हरायो । खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले निर्धा्रित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । जवाफमा १ सय ६४ रनको विजय लक्ष्य हैदरावादले १ बल बाँकी छँदा ३ विकेट गुमाएर भेटायो ।
हैदरावादको जितमा अलेक्स हेल्सले ४५, शिखर धवनले ३३, केन वलियम्सनले ३२ र युसुफ पठानले २७ रन योगदान गरे । बलिङतर्फ अमित मिश्राले २ र लियाम प्लंकेटले एक विकेट लिए ।
दिल्लीका लागि पृथ्वी शाले सर्वाधिक ६५ र श्रेयर ऐयरले ४४ रन बनाए । बलिङतर्फ हैदरावादका राशिद खानले २ र सिद्धार्थ कौलले १ विकेट लिए । चार ओभरमा २३ रन खर्चेर २ विकेट झारेका राशिद प्लेयर अफ दि म्याच भए ।
आइपिएल अन्तर्गतको शनिबार नै भएको पहिलो खेलमा चेन्नाई सुपर किङ्गसले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले हरायो । खेलमा पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । १२८ रनको विजय लक्ष्य चेन्नाइले १८ ओभरमा ४ विकेट गुमाएर भेटायो ।
चेन्नाईको जितमा अम्बाती रायडुले ३२ र महेन्द्र सिंह धोनीको नटवाट ३१ रन योगदान गरे ।
गएरातिका खेलपछि ९ खेलबाट १४ अंक जोडेको सनराईजर्स हैदरावाद अंक तालिकाको शीर्ष स्थानमा छ । एक खेल बढी खेलेको चेन्नाई समान १४ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा कोलकाता र चौथो स्थानमा पञ्जाब छन् ।