८ लाख ४९ हजार ६ सय थान मास्कसहित दुई पक्राउ

होमल्याण्ड खबर

२०७६ चैत्र ३ गते, सोमबार १२:२८ मा प्रकाशित

प्रहरीले काठमाडौं सतुंगलबाट ८ लाख ४९ हजार ६ सय थान मास्क लुकाएर राखेको अवस्थामा बरामद गरेको छ ।

सोमबार बिहान महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीको टोलीले आरडीजी सप्लायर्सका सञ्चालक सुरज गोयल र सुवास महेश्वरी गोयललाई पनि पक्राउ गरेको हो ।

१७७ बोरा मास्क लुकाएर राखेको अवस्थामा मास्कसहित दुईलाई पक्राउ गरिएको प्रहरीले जनाएको हाे । आरजेडी सप्लायर्सले २२ लाख रुपैयाँमा चीनबाट किनेर ल्याएको मास्क नेपाली बजारमा उच्च मूल्यमा बेचेको देखिएकपछि सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो। चीनबाट ल्याइएका मास्क ५२ लाख ५० हजारमा गोयलले बेचेको खुलेको छ।

कालोबजारी गरेर महँगो मूल्यमा बेच्न राखिएका मास्क छापा मारेर बरामद गरिएको प्रहरीले जनाएको छ । कोरोना भाइरसको महामारीले विश्वव्यापी रुप लिन थालेपछि मास्कको माग बढेको तर व्यापारीहरुले लुकाएर महँगो मूल्यमा मास्क बेच्दै आएका छन्।