पनौतीमा कर्फ्यू लाग्यो

होमल्याण्ड खबर

२०७६ चैत्र ४ गते, मंगलवार ११:४२ मा प्रकाशित

सोमबार काभ्रेपलाञ्चोककाे पनौतीमा टिपरको ठक्करबाट आमा छोेरीको मृत्यु भएपछि अशान्त बनेको पनौती मंगलबार बिहानैबाट फेरि अशान्त भएको छ ।

पनौतीका स्थानियले बिहानैदेखि प्रर्दशन गरिरहेका छन् । स्थिति नियन्त्रण बाहिर जाने देखेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले कर्फ्यू आदेश जारी गरेको छ ।

बिहान ९ बजेदेखि लागु हुने गरी पनौती बजारमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सेनाले जानकारी दिए ।

सोमबार दिउँसो पनौती बसपार्कमा टिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र तीन वर्षीया छोरी स्मारिका गोलेको ज्यान गएको थियो ।