कोरोनाको त्रासः लोक सेवा आयोगको परीक्षा स्थगित(सूचनासहित)

होमल्याण्ड खबर

२०७६ चैत्र ६ गते, बिहीबार १५:२२ मा प्रकाशित

कोरोनाको त्रासकै कारणले लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको जनाएको छ । चैत ६ गते बसेको आयोगको बैठकले यस्तो निर्णय गरेको उपसचिव एकनारायण अर्यालले जानकारी दिए । लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जारी विज्ञप्तीमा बताइएको छ। यसअघि सरकारले बुधबार एसईई र सबै विश्वविद्यालयले लिने परीक्षा स्थगित गरिसकेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले निर्णय गरेसगैँ विद्यालय र कलेज समेत बन्द भइसकेका छन् ।