११ जेष्ठ २०८३, सोमबार
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै परीक्षाहरु स्थगित गरिएको छ ।
कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर सरकारले गरेको अनुरोधअनुसार त्रि.वि. सभा तथा कार्यकारी परिषदको सचिवालयको चैत ७ गते बसेको बैठकले विश्वविद्यालयका परीक्षासहित पठनपाठन स्थगन गर्ने निर्णय गरेको हो ।


बैठकले चैत मसान्तसम्मका लागि पठनपाठन स्थगित गरेको छ भने परीक्षा भने अर्काे सूचना नभएसम्मका लागि स्थगित गरेको त्रि.वि. सभा तथा कार्यकारी परिषदको सचिवालय प्रमुख सूर्यप्रसाद अधिकारीले जनाएका छन् ।
तर बैठकले विश्वविद्यालयका प्रशासनिक काम कारवाही भने निरन्तर रहने निर्णय गरेको छ । त्यस्तै कार्यालयमा साबुन पानी र सानिटाइजरको व्यवस्था गर्ने पनि निर्णय गरेको छ ।
