११ जेष्ठ २०८३, सोमबार
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाको दशौं स्मृति दिवस हो । कोरोना भाइरस संक्रमणको त्रासका कारण यस वर्षको स्मृति दिवसमा कुनै पनि सार्वजनिक कार्यक्रम आयोजना गरिएको छैन् ।
कोइराला परिवार जहानियाँ राणाशासनको विरोध गरेबापत भारतको विहार राज्यको टेडी, सहर्षामा निर्वासत जीवन बिताइरहेको समयमा विक्रम संवत् १९८१ मा कोइरालाको जन्म भएको थियो ।


६० वर्षभन्दा लामो समय नेपाली राजनीतिमा बिताएका कोइराला पाँच पटक मुलुकको प्रधानमन्त्री बनेका थिए ।
१० वर्षे सशस्त्र युद्धमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भएको १२ बुँद्धे सम्झौता र दोस्रो जनआन्दोलनको नेतृत्व कोइरालाले नै गरेका थिए ।
कोईरालाको नेतृत्वमा भएको २०६२९६३ सालको सफल जनआन्दोलनपछि सरकार र तत्कालीन माओवादीबीच बिस्तृत शान्ति सम्झौता भएको थियो । कोइरालाकै नेतृत्वमा नेपालमा गणतन्त्र आएको थियो ।
उनको २०६६ साल चैत ७ गते काठमाडौंको मण्डिखाटारस्थित छोरी सुजाता कोइरालको निवासमा निधन भएको थियो ।