११ जेष्ठ २०८३, सोमबार
कोरोना भाइरसको संक्रमणलाई लक्षित गरेर ट्राफिक प्रहरीले मापसे जाँच स्थगित गरेको छ ।
मापसे जाँच स्थगित गरिएको भएता पनि अत्यवश्यक अवस्थामा भने अस्पतालमा लगेर परीक्षण गरेर आफन्तको जिम्मा लगाइने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।


कोरोना भाइरसको संक्रमणलाई लक्षित गरेर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले सिनेमाहल, साँस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको थियो।