९ मंसिर २०८१, आईतवार
कोरोना भाइरस संक्रमणकाे महामारीलाई रोकथाम गर्न सरकारले लगडाउन गरेपछि विभिन्न कम्पनीहरूले आ-आफ्नो क्षेत्रबाट सेवा दिइरहेका छन् ।
त्यस्तै मोबाइल सेवा प्रदायक कम्पनीहरुलाई भने नेपाल दूरसञ्चार प्राधिकरणले नै निर्देशन जारी गर्दै मोबाइल सेवा प्रदायक कम्पनीले दिने रिचार्जमा बोनस र सापटी सेवा दायरा वृद्धि गर्न भनेको छ ।
मोबाइल् प्रदायक कम्पनीहरुले दुई सय रुपैयाँसम्म सापटी दिने प्राधिकरणले भनेको छ। नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले आफ्ना ग्राहकलाई दुई सय रुपैयाँसम्म सापटी दिनका लागि निर्देशन जारी गरेका छौं यसको पालना भए नभएको अनुगमन आजबाट शुरु गर्छौ प्राधिकरणमा प्रवक्ता मिनप्रसाद अर्यालले भने ।
हालसम्म त्यस्तो सापटीको सिमा जम्मा ४० रुपैयाँ मात्रै थियो । त्यस्तै, रिचार्ज गर्दा शतप्रतिशत बोनस समेत पाइने भएको छ । नेपाल दुर सञ्चार प्राधिकरणको मंगलबार बसेको सञ्चालक समिति बैठकले बुधबारबाट लागु हुने गरि नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमलाई रिचार्जमा शतप्रतिशत बोनस र २ सय रुपैयाँसम्म सापटी सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।
प्राधिकरणले आगामी एक महिनाका लागि लागू हुने गरि सापटी र बोनसको व्यवस्था कार्यान्वयन गर्न भनेको प्राधिकारण बताएको छ । मंगलबार अनलाइन मार्फत प्राधिकरण सञ्चालक समितिको बैंठकले उक्ता निर्णय गरेको प्रवक्ता अर्यालले जानकारी दिए ।