१० मंसिर २०८१, सोमबार
वरिष्ठ हास्य कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल धुर्मुसले वीर अस्पत्तालमा रहेका शौचालय सफा गरेका छन् ।
खेम क्लिनिङग्सले आजबाट सुरु गरेको वीर अस्पत्ताल सफाइ अभियमानका क्रममा धुर्मुसले अस्पत्तालको दुर्र्गिन्धत शौचलय सफा गरेका छन् ।
खेम्स क्लिनिङ्गले थालेको एक महिने अभियानमा धुर्मुस सुन्तली फाउण्डेसनले सहयोग रहेको छ । अभियानका लागि सहयोगी संस्थाका तर्फबाट १५ जना कर्मचारी अस्पतालमा खटाइनेछ । उनीहरुले वीरका कर्मचारीलाई सरसफाइ सम्बन्धी तालिम पनि दिनेछन् । अस्पतालको सरसफाइका लागि करिब ४५ कर्मचारी कार्यरत छन् ।
सफाइ अभियान पहिलो १५ दिन वीर अस्पताल र बाँकी १५ दिन ट्रमा सेन्टरमा चल्नेछ । स्वास्थ्य संस्थाहरुमा फोहोर भएको जनगुनासो बढेपछि देशभरकै स्वास्थ्य संस्था सफाइ गर्ने उद्देश्यले वीर अस्पत्तालबाट अभियान सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘यो अभियानसँगै अस्पतालको बाहिरी सफाइ सुरु भएको छ । भित्री सफाइ पनि क्रमशः गर्दै लैजान्छौं,’ राज्यमन्त्री पद्मा अर्यालले बताएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति डा गणेश गुरुङ्गले भने आफूहरुले पनि सफाइको प्रयास गरेको तर, पर्याप्त नभएको जनाए ।