काेराेनाभाइरसः चीनबाट ल्यायो ११ प्रकारका स्वास्थ्य सामग्री, के–के सामान आईपुग्यो ?

होमल्याण्ड खबर

२०७६ चैत्र १६ गते, आईतवार १४:०० मा प्रकाशित

छिमेकी राष्ट्र चीनबाट पहिलो चरणको मेडिकल सामग्रीहरू काठमाडौं आइपुगेको छ । सरकारले चीनबाट ल्याएका स्वास्थ्य सामाग्रीहरुमा गगल्स प्रोटेक्टिभ (बिरामीको स्वास्थ्य परीक्षण गर्दा आखाको सुरक्षाको लागि) ५ हजार थान रहेका छन् ।

क्लोरिन एनएडिसीसीलगायत ४ हजार, सुरक्षित खालको गाउन १० हजार, परीक्षण गर्दा लगाउने पञ्जा १ लाख जोडी  छन् ।त्यस्तै रेस्पिरेटर मास्कलगायत ५० हजार, इन्फ्रारेड थर्मोमिटर (नछोइकन ज्वरो नाप्न मिल्ने०हजार वटा, प्रोटेबल पिसिआर ५ वटा, प्रोटेबल पिसिआर रियाजेन्ट किट(कम्बो) २० हजार वटा, विभिन्न खालका पिसिआर रियाजेन्ट १० हजार रहेका छन् ।

भिटियाम १० हजार र कोभिड–१९ पत्ता लगाउने किट ७५ हजार थान रहेका छन् । यी सबै सामग्री नेपाल सरकारले आफैंले किनेको हो भने चीनको सिचुवान प्रान्त, नेपालस्थित चिनियाँ दूतावास, ज्याक मा फाउन्डेसनले पनि अनुदानमा नेपाललाई कोरोनाको परीक्षण र उपचारमा प्रयोग हुने सामग्री दिएका छन् ।

सिचुवान प्रान्त र चिनियाँ राजदूतावासले दुई हजार थान एन–९५ मास्क र २४ हजार थान डिस्पोजल सर्जिकल मास्क, २० हजार थान डिस्पोजल मास्क, ५०० थान प्रोटेक्टिभ गगल्स, नन कन्ट्याक्ट इफ्रारेड थर्मोमिटर १०० थान, इयर थर्मोमिटर १०० थान, क्लोरिन फोस्फेट ट्याब्लेट ४ सय बक्स, प्रोटेक्टिभ क्लोथिङ ५३० थान,पोर्टेवल भेन्टिलेटर १ थान दिएको छ। सिचुवान प्रान्त र चिनियाँ राजदूतावासले १÷१ टन मेडिकल सामग्री दिएको छ।

त्यसैगरी, चिनियाँ इन्जिनियरिङ कम्पनीले प्रोटेक्टिङ क्लोथिङ  २०० थान, डिस्पोजल सर्जिकल मास्क २० हजार थान, प्रोटेक्टिभ गगल्स २०० सय थान,डिस्पोजल ग्लोब्स  २ हजार थान दिएको छ। यसले ०.२ टन मेडिकल सामग्री दिएको छ। यस्तै,  सिचुवान ह्वान्सी ग्रुपले २० हजार थान डिस्पोजल सर्जिकल मास्क दिएको छ। उक्त सामग्री ०.११ टनको छ ।

होङ्सी सिमेन्ट कम्पनी लिमिटेडले एक हजार थान प्रोटेक्टिभ क्लोथिङ र टेष्टिङ किट ३ हजार थान दिएको छ । उक्त सामग्री ०.२ टनको छ । यसैगरी, ज्याक मा फाउन्डेसनले अलिबाबा फाउन्डेसनका संस्थापक ज्याक माले एक लाख बढी एन–९५ मास्क, २० हजार ६४ वटा टेष्टिङ किट दिएका छन् । उनले १.४ टन मेडिकल सामग्री दिएका छन् । सबै सामग्री दुई टन बढी रहेको छ ।

चीनबाट नेपाल आइपुगेका ३५ टन सामग्रीमध्ये केही सामग्री चिनियाँ सरकारको अनुदान र ज्याक मा फाउन्डेसनले सहयोग गरेका सामग्रीहरु रहेको छ ।