११ जेष्ठ २०८३, सोमबार
कोरोना आशंकामा भर्ना गरिएका एकजना बिरामीको पाटन अस्पताल मृत्यु भएको खबर प्राप्त भएकाे छ। भारतबाट फागुन १४ गते आएका ३६ वर्षका ती बिरामीकाे सोमबार आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको बताइएकाे छ ।
धादिङ खनियाबास गाउँपालिका स्थायी घर भएका ती बिरामीको ३ बजे रिपोर्ट आएपछि मात्र मृत्युको कारण पुष्टि हुने अस्पतालले जनाएको छ। ती बिरामीलाई आइतबार ४ बजे अस्पताल ल्याएर आईसीयूमा भर्ना गरी उपचार गरिएको थियो । १६ वर्षमै भारतीय सेनामा भर्ती भई १८ वर्षदेखि कार्यरत् उनलाई दुई दिनदेखि ज्वरो आएपछि धादिङबाट काठमाडौं ल्याइएको थियो। उनको परिक्षणको रिपोर्ट आउन बाँकी रहेकाे बताइएकाे छ ।

