भ्रम फैलाउने १४ न्युजसाइट बन्द, ३६ वटालाई स्पष्टीकरण ( सूचीसहित)

होमल्याण्ड खबर

२०७६ चैत्र १८ गते, मंगलवार ०८:४७ मा प्रकाशित

प्रेस काउन्सिल नेपालले १४ वटा वेबसाइटलाई नेपालबाट हेर्न नमिल्ने बनाउन नेपाल दुरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।

चैत १० गतेदेखि १६ गतेसम्म कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका सम्बन्धमा जथाभावी प्रचारप्रसार गर्ने १४ वटा वेबसाइटलाई नेपालभर प्रकाशन/ प्रसारण हुन नसक्ने गरी व्यवस्था मिलाउन दूर सञ्चार प्राधिकरणलाई पत्राचार गरिएको प्रेस काउन्सिल नेपालका सह–प्रशासकीय अधिकृत एवं सूचना अधिकारी दीपक खनालले जानकारी दिए ।

सूचना अधिकारी खनालका अनुसार काउन्सिलले (कोभिड–१९)को संक्रमणका सम्बन्धमा जथाभावी प्रचार प्रसार गरेको उजुरी परेपछि ३६ वटा अनलाइन सञ्चारमाध्यमलाई स्पष्टीकरण सोधेको छ ।