विश्व बैंकद्धारा नेपाललाई ६ अर्ब ऋण सहयोग

होमल्याण्ड खबर

२०७६ चैत्र १८ गते, मंगलवार १०:५३ मा प्रकाशित

विश्व बैंकले प्राकृतिक प्रकोप तथा स्वास्थ्यसम्बन्धी विपद् न्यूनीकरण गर्न नेपाललाई ६ अर्ब रुपैयाँ (५० मिलियन अमेरिकी डलर) बराबरको ऋण सहयोग गरेको छ। रोगबाट पर्ने जोखिम व्यवस्थापन गर्न सरकारले आफ्नो क्षमता विकासमा समेत यो रकम खर्च गर्न सक्नेछ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि यो रकम प्रयोग गर्न सकिने अर्थ मन्त्रालयले जानकारी दिएको छ। यसअघि कोरोना महामारीसँग जुध्न विश्व बैंकले २९ मिलियन अमेरिकी डलर (३ अर्ब ४३ करोड रुपैयाँ) ऋण सहायता घोषणा गरिसकेको छ। योसँगै कोरोना महामारीका लागि विश्व बैंकको सहयोग ९ अर्ब ४३ करोड पुग्नेछ।

३ वर्षका लागि विश्व बैंकले दिने यो सहुलियत ऋण हो। उक्त अवधिसम्म खर्च नभएमा बाकी ३ वर्ष अवधि थप्न सकिन्छ। ५० मिलियनमध्ये २५ मिलियन कन्ट्री एलोकेसन हो भने बाँकी ग्लोबल एलोकेसन हो। ६ वर्षसम्म पनि खर्च नभएमा कन्ट्री एलोकेसनबापत २५ मिलियन नेपालले प्राप्त गर्नेछ भने बाँकी रकम फिर्ता हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ।