संघीय मन्त्रालयद्वारा ६५ जना उपसचिवहरूको सरुवा

होमल्याण्ड खबर

२०७६ चैत्र २४ गते, सोमबार ०८:५४ मा प्रकाशित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६५ जना उपसचिवको काज सरुवा गरेको छ ।

मन्त्रालयले चैत १९ र २१ गतेको निर्णयअनुसार पदस्थापन, सरुवा तथा काज र कामकाजका लागि खटाइएको हो ।

नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरूको नामावली सार्वजनिक गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले उपसचिवहरूको काज सुरुवा गरेको जनाइएको छ ।