कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८२ हजार नाघ्यो,(कुन देशमा कति)

होमल्याण्ड खबर

२०७६ चैत्र २६ गते, बुधबार १०:०३ मा प्रकाशित

कोरोना भाइरस कोभिड-१९ को संक्रमितको संख्या विश्वभर १४  लाख ३१ हजार ७ सय ६  पुगेको छ । यो समाचार तयार पार्दा सम्म विश्वभर ज्यान गुमाउनेहरुको संख्या ८२ हजार ८० पुगेको छ । भने ३ लाख २ हजार १ सय ५० निको भएका छन ।

सबै भन्दा बढी कोरोना संक्रमित संयुक्त राज्य अमेरिकामा फेला परेका छन् । जहा अहिले सम्म ४ लाख ४ जनामा १२ जना कोभिड-१९ पोजिटिभ देखिएको छ । अमेरिकामा ज्यान गुमाउनेको संख्या पनि १२ हजार ८ सय ५४ पुगेको छ । संक्रमणका कारण अमेरिकामा एकै दिन १९ सय ५२ जनाको ज्यान गएको  हो। यो अमेरिकामा अहिले सम्मकै उच्च मृत्यु दर हो।

सबै भन्दा बढी संक्रमित भएको दोश्रो र तेस्रो देशमा स्पेन र इटाली रहेका छन । जहा क्रमश १ लाख ४१ हजार ५९सय ४२ र १ लाख ३५ हजार ५ सय ८६ जनामा संक्रमण देखिएको छ ।

विश्वमा सबै भन्दा बढी ज्यान गुमाउने देश भने इटाली रहेको छ । जहा यो समाचार तयार पार्दा सम्म १७ हजार १ सय २७ ले ज्यान गुमाईसकेका छन् । त्यसै गरि धेरै ज्यान जाने दोश्रो देश स्पेन रहेको छ । जहाँ १४ हजार ४५ जनाको मृत्यु भएको छ ।

छिमेकी राष्ट्र भारतमा पनि हाल सम्म १६० जनाको ज्यान गइसकेको छ । भने संक्रमितको संख्या ५ हजार ३ सय ५१ पुगेको छ । भारतमा दिन दिने संक्रमित र मृत्युदर बढेपछि भारत सरकारले लकडाउनलाई थप कडाई गरेको छ ।

नेपालमा पनि ९ जनालाई कोभिड-१९ संक्रमणको पुष्टि भइसकेको छ । त्यस मध्ये एक जना भने निको भएर घर फर्किएका छन ।

पुरा देशको तालिका तल हेर्नुहोस :