त्रिभुवन विश्वविद्यालयको जेठसम्मका सबै परीक्षा स्थगित

होमल्याण्ड खबर

२०७६ चैत्र २८ गते, शुक्रबार १३:२७ मा प्रकाशित

Tansen_cement
Janahit Suchana

त्रिभुवन विश्वविद्यालयको जेठसम्मका सबै परीक्षा स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ चैत्र २०७६
18Shares
facebook sharing button
twitter sharing button
linkedin sharing button
messenger sharing button
sharethis sharing button
Sunrise
त्रिभुवन विश्वविद्यालयको जेठसम्मका सबै परीक्षा स्थगित
LBEF

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षाको लागि सार्वजनिक गरेका सबै परीक्षा तालिकाहरु स्थगित गरेको छ । बैशाख र जेठ महिनामा हुने गरी अहिले प्रकाशित भएका परीक्षा तालिकाहरु अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको हो ।

बिहीबार बसेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई मध्यनजर राख्दै यो दुई महिनासम्म सञ्चालन हुनेगरी तोकिएका सबै परीक्षाहरु अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको विश्वविद्यालयले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ ।

निर्णय अनुसार परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल बैशाख र जेष्ठमा संचालन गरिने विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फका ४ वर्षे वी.एस्सी, बी.बी.एस. र बी.एड चौथो वर्षका नियमित तथा आंशिक परीक्षाहरु स्थगित गरिएका हुन् ।

त्यस्तै, पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सेलिङ साइकोलोजी, स्कुल साइकोलोजी, र पोष्ट ग्राजुएट इन उमन स्टडीजका नियमित तथा आंशिक परीक्षा अर्को सुचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।