उदयपुरमा कोरोना संक्रमितको संख्या बढ्दो, एकै दिन ११ जना थपिए

होमल्याण्ड खबर

२०७७ बैशाख ९ गते, मंगलवार २०:१९ मा प्रकाशित

उदयपुरमा कोरोना भाइरस सङ्क्रमितको संख्या लगातार बढिरहेको छ । एकै दिन नयाँ ११ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै उदयपुरमा मात्रै संक्रमितको संख्या २४ पुगेको छ।

आज मात्रै उदयपुरमा ११ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

जिल्लाको त्रियुगा नगरपालिका ३ भुल्केको  मस्जिदमा रहेका ११  जना भारतिय र २ जना नेपाली नागरिकमा यसअघि नै कोरोना भाइरस सङ्क्रमण देखिएको थियो। योसँगै नेपालमा संक्रमितको सङ्ख्या ४२ पुगेको छ।